नियम १२७क
स्वास्थ्य सेवा पुरस्कार
(१) नेपाल सरकारले प्रत्येक वर्ष नेपाल स्वास्थ्य सेवाका
कर्मचारीलाई उपनियम (२) बमोजिमको समितिको सिफारिसमा देहाय बमोजिमको
स्वास्थ्य सेवा पुरस्कार दिन सक्नेछ ः-
पुरस्कारको नाम रकम संख्या
(क) उत्कृष्ट स्वास्थ्य सेवा
पुरस्कार एकलाख रूपैयाँ एक जनालाई
(ख) स्वास्थ्य सेवा पुरस्कार पचास हजार रूपैयाँ चार जनालाई
(२) उपनियम (१) बमोजिमको पुरस्कार सिफारिस गर्न देहाय बमोजिमको समिति
रहनेछ ः-
(क) नेपाल सरकारको मुख्य सचिव – अध्यक्ष
(ख) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य
(ग) मन्त्रालयको सचिव – सदस्य
(घ) स्वास्थ्य सेवा विभागका महानिर्देशक – सदस्य
(ङ) मन्त्रालयको सचिवले तोकेको बाह्रौं तहका
अधिकृत – सदस्य–सचिव
(३) उपनियम (२) बमोजिमको समितिले देहायको आधारमा स्वास्थ्य सेवाका
कर्मचारीहरूको छनौट गरी सिफारिस गर्नेछ –
(क) सम्बन्धित विभाग वा क्षेत्रीय निर्देशनालयको सिफारिस,
(ख) कार्य सम्पादन मूल्याङ्कन,
(ग) कार्यक्षमता र कार्य दक्षता,
(घ) जेष्ठता, कर्तव्यनिष्ठता, लगनशीलता र दुर्गम क्षेत्रमा गरेको
सेवा ।